जुम्ला जिल्लाको ढिपु गाउँमा आगलागी हुँदा ३५ गोठ जले, बाँकेमा १०० बढी घर नष्ट

सुर्खेत । जुम्ला जिल्लाको तिला गाउँपालिका वडा नम्बर ९ को ढिपु गाउँमा गएराति आगलागी हुँदा ३५ गोठ जलेको छ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन चन्दका अनुसार गएराति साढे नौ बजे ढिपु गाउँको पाटनमा रहेका गोठहरुमा आगलागी भएको हो ।

हालसम्म आगालगीका कारण मानवीय क्षति भएको छैन । सदरमुकाम भन्दा धेरै टाढा रहेको र धेरै उचाईमा रहेका कारण प्रहरी अहिले विहान सात बजे घटना स्थलमा पुगेको छ । मानवीय क्षति भएको जानकारी छैन । अन्य क्षति के९के भएको छ भन्ने बारेमा विस्तृत विवरण आउने जनाएको छ ।

घटना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीस जनाको टोली घटना स्थलमा पुगेको छ ।
त्यस्तै बाँके नरेनापुर ४ को खोडवामा आगलागीबाट १०० भन्दा बढी घर नस्ट भएको छ । ३५० जनाभन्दा बढी खुल्ला चौरमा बस्न बाध्य भएकोमा जनाएके छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: