एकता जोगाउने सुन्दर नारा लगाउँदैमा पार्टी बच्दैन् : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एकता जोगाउने सुन्दर नारा लगाउँदैमा पार्टी नबच्ने बताउनु भएको छ । पार्टीका नेपाल – खनाल समूहलाई कटाक्ष गर्दैै पोखरेलले एकता जोगाउने सुन्दर नारामा एकता भत्काउने अभियान चल्नु राम्रो नभएको बताउनु भएको हो ।

नेपाल खनाल समूहले छुट्टै भेलामार्फत एकता जोगाउने सुन्दर नारा दिएपनि यथार्थमा त्यो एकता भत्काउने अभियान भएको पोखरेलको भनाइ छ । ‘एकता जोगाउने सुन्दर नारामा एकता भत्काउने अभियान चल्नु राम्रो होइन । यस्तो अभियानले कयौं नेता कार्यकर्ताको भविष्य अनिश्चित बन्नसक्छ’, सामाजिक सञ्जालमा सक्रिय पोखरेलले फेसबुकमार्फत उक्त कुरा बताउनु भएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: