शुक्रबार, चैत १६, २०८०

प्रधानमन्त्री ओलीले १६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज १६५ वटा सडकको एकैपटक शुभारम्भ गर्दैछन् । आज शनिवार १ सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको हो ।
१६५ वटै संघीय निर्वाचन क्षेत्रमा एक९एक सडकका दरले सडक शुभारम्भ गर्न लागिएको सडक विभागले जनाएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट ११ बजे सडक शुभारम्भ गर्ने कार्यक्रम रहेको जनाएके छ ।‘डिजिटल रुपमा स्वीच थिचेर सडक शुभारम्भ गर्न लागिएको हो । हिमाल, पहाड र तराइमा छुट्टाछुट्टै संरचनाअनुसार सडक निर्माण गरिने भएको छ ।