बिहिबार, बैशाख ०६, २०८१

ताईवानमा यात्रु बहाक रेल दुर्घटना ४८ जनाको निधन, चारवटा डब्बा क्षतिग्रस्त

एजेन्सी । ताईवानको पूर्वी भागमा रेल दुर्घटना हुँदा मृत्‍यु हुनेको संख्या ४८ पुगेको छ ।अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार ४९० भन्दा बढी यात्रु सवार रेल सुरुगंको भागमा दुर्घटना भएको हो ।
८ वटा डब्बा रहेको रेलको चारवटा डब्बा दुर्घटनाबाट क्षतिग्रस्त भएको बिबिसीले उल्लेख गरेको छ ।
रेल दुर्घटनामा कम्तिमा ४८ जनाको मृत्यु भएके छ भने ६६ जना घाइते भएको पुष्टि स्थानिय अधिकारीहरुले गरेका छन् । रेल स्थानिय समय अनुसार अप्रिल २ तारिख बिहान करिव ९ बजे दुर्घटनामा परेको हो ।

रेलमा रहेका करिव १ सय जनाको सकुशल उद्दार गरिएको अधिकारीहरुले बताएका छन् ।

ताइवानमा सन् २०१८ मा भएको यस्तै रेल दुर्घटनामा परि १८ जनाको निधन र १७५ जना घाइते भएका थिए ।