सैनिक महाविद्यालयमा निर्मित नयाँ विद्यालय भवनको उद्घाटन

काठमाडौं । काठमाडौंको विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा निर्मित नयाँ विद्यालय भवनको सैनिक श्रीमती संघकी अध्यक्ष दीपा थापाले उद्घाटन गरेकी छन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा शुक्रबार संघकी अध्यक्ष थापाले भवनको उद्घाटन गरेकी हुन् । कार्यक्रममा सैनिक महाविद्यालय/विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुबाट लिखित बालकथा संग्रह ’हाम्रा कथा’ को विमोचन समेत गरिएको नेपाली सेनाले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: