बिहिबार, बैशाख १३, २०८१

राष्ट्रपति भण्डारीद्वारा मेलम्ची खानेपानी वितरणको उद्घाटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन् । काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर राष्ट्रपति भण्डारीले शुक्रबार आयोजनाको औपचारिक रूपमा उद्घाटन गरेकी हुन् । भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको हो ।

सार्वजनिक उपभोगका लागि यहाँ सधैं पानी छाडिने बताइएको छ । सिन्धुपाल्चोकको मेलम्चीबाट चैत १५ गतेदेखि काठमाडौंमा वितरण सुरु गरिएको छ ।