सामान्य होइन, आमूल परिवर्तनको पक्षमा छौंः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु कम्युनिष्ट पार्टी एकताको पक्षमा रहेको बताएका छन् । बुधबार काठमाडौंको बबरमहलमा  युवा संघ नेपालको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै वरिष्ठ नेता नेपालले कम्युनिष्ट पार्टीमा दरार ल्याउन खोज्नेहरुविरुद्ध सबै कम्युनिष्ट पार्टीहरुलाई गोलबन्द गरिने बताएका हुन् ।

दुई सय ४० वर्षको राजतन्त्रात्मक व्यवस्था आफूहरुले फालेर जनचाहना अनुसारको संविधान निर्माण गरेको भन्दै नेता नेपालले अहिले पनि परिवर्तन उल्ट्याउने प्रयास भइरेकाले त्यसकाविरुद्ध सबै कम्युनिष्ट पार्टीहरु एक हुनुपर्ने बताए । जिवन्तता र गतिशीलता नभए जीवनको अन्त्य भएजस्तै संगठनलाई गतिशिल बनाउन युवा संघलाई निर्देशन दिए ।

उनले भने, ‘हामी चाहन्छौं कि नेपालललाई समाजवादी मुलुकमा रुपान्तरण गरौं । क्रान्ति जारी छ । निरन्तर परिवर्तनको यात्रा जारी छ । सामान्य परिवर्तन होइन आमूल परिवर्तनको क्रान्ति गर्नुपर्छ र त्यो सफल पनि हुन्छ । त्यसैले उच्च मनोबलका साथ अगाडि बढ्नुस् ।’ राज्य भनेको जनताका लागि भएको भन्दै उनले जनताको जीवनस्तर माथि उकास्न आफूहरु सामाजिक क्रान्ति, सांस्कृतिक र आर्थिक क्रान्तिमा जुट्ने बताए ।

उनले राष्ट्रिय पूँजीलाई बाधा पुग्ने गरी चाहि विदेशी पूँजीलाई स्थान नदिने बताए । आफूहरु सकारात्मकतामा विश्वास गर्ने भन्दै वरिष्ठ नेता नेपालले नकारात्मकतामा विश्वास गर्ने काम बालुवाटारतिरको भएको बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: