साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।

प्रधानमन्त्री ओलीले पहिलो बजेटमै सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै आलोचना गरेको तर दोस्रो बजेटमा बढाएको बताए ।
सामाजिक सुरक्षा भत्ता नबढाए पनि सामाजिक सुरक्षाको क्षेत्रमा थुप्रो काम गरेको भन्दै ओलीले अरु काम पनि गर्दै जाने बताए ।

‘कसैलाई आपत्ति लाग्ला । आपत्ति लाग्छ भने फेरि भन्छु साउन १ देखिलागु हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ’ प्रधानमन्त्रीले भने ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: