शुक्रबार, बैशाख ०७, २०८१

ओलीको तानाशाहीको प्रतिकार गर्न कार्यकर्तालाई नेता नेपालको आह्वान

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गर्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय चरम असहिष्णु भएको प्रतिक्रिया दिएका छन् । साथै ओलीको तानाशाहीको विरुद्धमा जुध्न र क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

एमाले अध्यक्ष ओलीले सोमबार नेता नेपाल र भीम रावललाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरिएको पत्र पठाएका छन् । पत्र नआए पनि आफूलाई कारबाही गरेको सञ्चारमाध्यमबाट सुनेको भन्दै नेता नेपालले भने, केपी ओलीको यो निर्णय निरंकुश र अत्यन्तै तानाशाही प्रवृत्तिको द्योतक हो ।

अध्यक्ष ओली एमालेलाई छिन्नभिन्न बनाउने योजनासहित अघि बढेको र उनलाई विधि र विधानसँग कुनै मतलब नभएको नेता नेपालले बताए । उनले भने, ‘फागुन २८ गते पार्टी विधानको विपरीत चल्नुभएको छ । त्यसबाट नै उहाँको नियत छर्लङ्ग भएको छ ।

ओलीको कदमको कुनै अर्थ नभएको नेता नेपालले बताए ।