माधव नेपाल र भीम रावल ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बित

काठमाडौँ । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टीले सोधेको स्पष्टिकरण चित्त नबुझ्दो भएको भन्दै ६ महिनाका लागि पार्टी साधारण सदस्यबाट नै निलम्बन गरेको हो ।

निलम्बनको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुबै नेतालाई पठाइसकेका छन् । पत्रमा वरिष्ठ नेता नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न आग्रह गरिएको छ ।

पार्टीले सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत पत्रमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: