शनिबार, बैशाख ०८, २०८१

जापानमा हिमालय एकेडेमीले अप्रिल १ बाट औपचारिक रूपमा कक्षा संचालन गर्ने

टोकियो । जापानमा रहेका नेपालीद्धारा राजधानी टोकियो र चिवाको बीच कोईवा शहरमा खुलेको हिमालय इन्टरनेशनल एकेडेमीले अप्रिल १ तारिखबाट औपचारिक रूपमा कक्षा संचालन गर्ने भएको छ ।
हिमालय एकेडेमीले मार्च २८ तारिख आईतबार विद्यालयको हलमा पत्रकार सम्मेलन गरि पठन पाठन सुरु गर्न लागेको जानकारी दिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन रिजालले विद्यालय संचालनका लागी आवश्यक सबै प्रकृया पूरा गरी पठन पाठन सुरु गर्न लागेको जानकारी दिनुभयो । अध्यक्ष रिजालका अनुसार जापानी प्रविधीको उच्च प्रयोग गर्दै भविष्यमा राष्ट्रका कर्णधार तयार लागि गर्न परेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रधानाध्यापक शिशिर गौडेलले गुणस्तरीय शिक्षाका लागी कुनै कसुर बाकी नराख्ने बताउनुभयो । उहाँले दक्ष र अनुभवी शिक्षकको माध्यममबाट बालमनोविज्ञानमा आधारित रही पठनपाठन सुरु गर्ने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा विद्यालय संचालक समिति सदस्य रोशन केशीले विद्यालय संचालनका लागी नेपाल र जापान दुवै देशबाट स्विकृती लिनुपर्ने भएकोले सबै कानुनी प्रकृया पूरा गरी संचालन गर्न लागेको जानकारी दिनुभयो ।
तत्कालका लागी कक्षा नर्सरी देखि ४ सम्म संचालन गर्ने र कक्षा थप गर्दै एसईई सम्म पुर्याउने योजना रहेको बताईएको छ ।
१३ जना संचालक रहेको विद्यालयमा १ जना विद्यार्थी बराबर मासिक शुल्क ४० हजार येन एकै परीवारको २ जना भए २५ प्रतिशत छुट दिने घोषणा गरेको छ ।
दक्ष नेपाली तथा विदेशी शिक्षकहरुद्धारा अध्यायपन गराइने हिमालयन इन्टरनेशनल एकेडेमीमा नेपाली,अंग्रजी र जापानी भाषाबाट अध्यायपन गराईने स्कूलले जनाएको छ ।