तपाइँको निर्देशनमा मन्त्रीहरूले रेसम चौधरी सम्बन्धमा गर्ने गरेको नाटक रोकाउनुहोस् , ओलीजी !

केशवप्रसाद भट्टराई ।
अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्नु ठीक । अदालतले सरकारी नेकपालाई विघटन गर्नु ठीक । तर अदालतले कानुन बमोजीम जेल सजायँ तोकेका मानिसको रिहाई तपाइँको नेतृत्वको सरकार टिकाउन आवश्यक भयो भन्दैमा ऊ निर्दोष हुँदैन प्रधानमन्त्रीजी ।
त्यो ठिक हुन्न ।

तपाइँको निर्देशनमा मन्त्रीहरूले रेसम चौधरी सम्बन्धमा गर्ने गरेको नाटक रोकाउनुहोस् , ओलीजी ।
यो राजनीतिक, कानुनी, वैधानिक, न्यायिक र नैतिक सबै आधारमा अनुचित हो , गलत हो ।
यसो गर्नु भनेको राजनीतिक स्वार्थकोलागि राज्यले खुलेआम दण्डहीनता र आम हत्यालाई प्रोत्साहन गरेको बुझिन्छ ।
यो त अति भन्दा पनि अति हुन्छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: