शुक्रबार, बैशाख ०७, २०८१

ठूलो सुकौली टोल विकासको साधारण सभा सम्पन्न,दोङको नेतृत्वमा नयाँ कार्यसमिति चयन

मकवानपुर । ठूलो सुकौली टोल विकास संस्थाको तेस्रो बार्षिक साधारणसभा तथा पहिलो अधिवेशन कार्यक्रम सम्पन्न भएको छ ।

मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटेमा अवस्थित ठूलो सुकौली टोल विकास संस्थाको तेस्रो बार्षिक साधारणसभा तथा पहिलो अधिवेशन शनिबार मुम्बाचोकमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख आतिथि हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर १५ का अध्यक्ष महारात्न लामाले स्थानिय रुपमा टोल विकास संस्थाहरुले सामाजिक जिम्मेवारी बोधकासाथ गरेका सकरात्मक कार्यहरुको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै कार्यहरुको अपेक्षा रहेको बताउनुभयो ।

टोल विकास संस्थाका अध्यक्ष इश्वर पाख्रिनको सभाध्यक्षतामा भएको अधिवेशनले महेश दोङको नेतृत्वमा नयाँ कार्य समिति चयन पनि गरेको छ ।उपाध्यक्षमा सिंहबहादुर लो, सचिव नविना गोले, कोषाध्यक्ष संचमाया स्याङतान चयन भएका छन् । यसैगरी सदस्यहरुमा सानुबाबु पाख्रिन, अंकल लो, हिरामाया पाख्रिन, लिलामाया बल, मदन थिङ, सम्झौता सुनार, राजकुमार थिङ चयन भएका छन् ।

यस्तै, कार्यक्रममा उक्त टोल विकास अन्तर्गतका ज्येष्ठ नागरिकहरुलाई सम्मानका साथै वृहत खानेपानी योजनामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै स्थानिय सोनाम सिं दोङ, मानबहादुर थिङ, लालबहादुर पाख्रिनलाई कदर पत्रसहित सम्मान गरेरिएको थियो ।

कार्यक्रममा वडा सदस्य कुमारी श्रेष्ठ, हेटौंडा उपमहानगर टोल विकास संस्था नगर समन्वय समिति सदस्य हर्करत्न लामा, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष सिंहबहादुर विक, स्थानिय जनजागृति माविका अध्यक्ष हरिबहादुर मोक्तान, सुनौलो टोल विकास संस्थाका अध्यक्ष गोविन्द भ्लोनसहितको उपस्थिति रहेको थियो ।