शुक्रबार, चैत १६, २०८०

प्रधानमन्त्री ओली र सभामुखबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच आइतबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

सभामुखले भेटका लागि समय मागेको लामो समय पछि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको हो । संसद विघटनपछि प्रधानमन्त्री ओली र सभामुखबीचको सम्बन्ध चिसिएको थियो ।

प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै सभामुखले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चको फैसलापछि पनि प्रधानमन्त्री ओली सभामुखसँग असन्तुष्ट छन् । उनले सभामुख सेटिङमा चलेको सार्वजनिकरुपमा अभिव्यक्ति दिँदै आएका छन् । सभामुखसँगको असन्तुष्टिका कारण सरकारले संसदलाई विजनेश दिएको छैन । भेटमा संसद संचालनका विषयमा छलफल भएको बताइएको छ ।