शुक्रबार, बैशाख ०७, २०८१

वादविवाद त सिनियरसँग पो हुन्छ, अरुसँगको त दिमाग खराबमात्र हो

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले वादविवाद र बहस आफू समान वा आफूभन्दा सिनियर तथा जान्नेसुन्नेसँग गरियो भनेमात्र फाइदा हुने बताएका छन् । ट्वीट गर्दै भट्टराईले जान्नेसुन्नेसँग गरिएको वादविवादले फाइदा हुने तर बेकारका मानिसँगको वादविवादले समयको वर्वाद मात्र हुने बताएका हुन् ।

उनले लेखेका छन्, ‘वादविवाद पनि आफू समान वा आफूभन्दा सिनियर र जान्ने सुन्नेसँग गरियो भने फाइदा हुन्छ किनकी आफूले केही सिक्ने मौका पाईन्छ । बेकारकासँग त समयको वर्वाद र दिमाग खराब मात्र हो ।’