शुक्रबार, चैत १६, २०८०

चाँगुनारायणमा युवाहरुको लागि मेयर उद्यमशीलता अभिमुखिकरण कार्यक्रम सम्पन्न

भक्तपुर । राष्ट्रिय युवा परिषद् र चाँगुनारायण नगरपालिकाको आयोजनामा मेयर उद्यमशीलता विकास कार्यक्रम २०७७ को उद्घाटन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

फाल्गुन २१ र २२ गते राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले गर्नु भएको थियो ।
कार्यक्रममा मनोसामाजिक विज्ञ डा.सुशिल कँडेल र परिषद्का प्रशासकीय प्रमुख डा.बाबुराम ढुंगाना विशेष अतिथिको रुपमा उपस्थित हुनु भएको थियो ।

उद्यमी बन्न आवेदन दिनु भएका १०१२ चाँगुनारायण नगरपालिकाका युवाहरुलाई बाबुराम रानाभाट, दिलिप थापा,डा.ध्रुवराज पोखरेल, श्रीकृष्ण अधिकारी,दिपेश घिमिरे,डा.नकुल बानिया, लोचन बस्नेत र डा.अर्जुन भट्टले प्रशिक्षण गर्नु भएको थियो । प्रशिक्षण कै क्रममा आवेदक युवाहरुको परिक्षा समेत लिइएको थियो ।

राष्ट्रिय युवा परिषद्को विज्ञ समुहले लिखित परिक्षाको नतिजा प्रकाशन गरी ३०० युवा छनोट गर्ने जनाएको छ । छनोट हुने युवाहरुले उद्यमशीलताका लागि विना ब्याज ३ लाख रुपियाँ प्राप्त गर्नेछन । मेयर उद्यमशीलता कार्यक्रम चलाउने चाँगुनारायण नगरपालिका देशकै पहिलो नगरपालिका हो ।