पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने विप्लवलाई पनि स्वागत गर्ने प्रतिक्षामा छौं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड माधव पक्ष का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्ततः नेत्रविक्रम चन्द्र ‘विप्लव’ आफूले नै कोरेको बाटोमा नै आइपुगेको बताएका छन् ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विप्लवलाई पार्टीमा स्वागत गर्न प्रतिक्षारत रहेको पनि बताए ।

प्रचण्डले भने, ‘यसअर्थमा म उहाँलाई धन्यवाद दिन चाहन्छु र छिट्टै यस्तै कार्यक्रममा उहाँलाई स्वागत गर्ने प्रतिक्षामा रहेको कुरा पनि घोषणा गर्न चाहन्छु । आफूले पहिले नै विप्लव अन्ततः आफूहरूकै लाइनमा आउने कुरा भनेको र त्यो मिलेको प्रचण्डको दावी थियो ।
उनले भने, ‘मैले जहाँसम्म उहाँलाई बुझेको छु, चिनेको छु, अन्ततः उहाँ यही ठाउँमा, यही लाइनमा, यही टीममा उहाँ आउनै पर्छ । मैले धेरै पहिले नै भनेको थिएँ, जतिबेला उहाँ अलग्गिनु भएको थियो । कार्यक्रममा विप्लव नेतृत्वको नेकपाका पनि केही कार्यकर्ता प्रचण्ड–माधव पक्षीय नेकपामा प्रवेश गरेका थिए ।

एउटा कालखण्डमा एउटा मात्रै प्रचण्ड जन्मिन सक्ने उनले बताए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया