नवलपरासी समाज जापानद्धारा दुबै मृगौला रोगवाट पीडित महत्तोलाई आर्थिक सहयोग

जापान । नवलपरासी समाज जापानद्धारा दुबै मृगौला रोगवाट पीडित बेद बहादुर महत्तोलाई आर्थिक रकम सहयोग गरेको छ । नवलपरासी समाज जापानले देबचुली नगरपालिका बार्ड नम्बर १६ रजहर निबासी ३३ बर्षका दुवै मृगौला रोगवाट पीडित बेद बहादुर महत्तोलाई मृगौला फेर्नको लागि आर्थिक रकम सहयोग गरेको हो ।

नवलपरासी समाज जापानले सामाजिक यस्ता धेरै सेवा मुलक कार्यमा सहयोग गर्दै आएको छ । यस सहयोग अभियानका अभियन्ता समाजका सचिब ॠषि पौडेलले अभियानमा सङ्कलित रकम सिटि एक्स्प्रेस मनि मार्फत रु २,९३,८१४ अर्थात दुई लाख तिरानब्बे हजार आठ सय चौध रुपैयाँ नेपाल महत्तो को नाममा रहेको कृषि बिकास बैंकको खातामा जम्मा गरिएको जानाकारी दिनु भयो ।
कोरोनाको जटिल परिस्थितिमा पनि यस अभियानमा सहयोगी मनहरुले तन मन जे बाट जे जति रकम सहयोग गर्नु भएकोमा सहयोगि मनहरुलाई समाजका अध्यक्ष गोपाल कंडेलले सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।
सहयोग संकलन कार्यमा अहोरात्र खट्नु भएका कार्यसमिति एवम सल्लाहाकार समितीका साथीहरु, रजहरबाट भास्कर पिया, दिपेन्द्र हमाल, संतोष रेग्मी लगायत सम्पूर्ण रजहर का साथीहरु प्रती अभियन्ता ॠषि पौडेलले सबै प्रती आभार व्यक्त गर्नु भएको छ ।

सहयोगी दाताहरु

फेसबुकबाट तपाइको प्रतिक्रिया