बिहिबार, बैशाख १३, २०८१

के टू आरोहण गरेर फर्केका कीर्तिमानी आरोहीलाई सरकारले गर्यो सम्मान

काठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल माउन्ट के टू आरोहण गरेर फर्केका कीर्तिमानी आरोहीहरुलाई सरकारले सम्मान गरेको छ ।

मंगलबार बिहान स्वदेश फर्केको टोलीलाई दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्मान गरेका हुन् ।

निर्मल पूर्जा लगायतका दश नेपाली आरोहीलाई सम्मान गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा सरकारलाई औपचारिक जानकारी गराएर हिमाल आरोहण गरेमा सहयोग गर्ने बताए । उनले माउन्ट के टू को सफलतापूर्वक आरोहण गरेर देशको गौरवलाई अझ माथि उठाएको बताए ।

दशजनाको समूहको नेपाली टोलीले माघ ३ गते माउन्ट के टू हिमालको सफल आरोहण गरेको थियो ।