पाँचपोखरी थाङ्पाल र हेलम्बु गाउँपालिकामा प्रहरी चौकीको नयाँ भवन उद्घाटन

सुशील सुबेदी, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका र हेलम्बु गाउँपालिकाको प्रहरी चौकीको नयाँ कार्यालय भवन उद्घाटन भएको छ ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको २ करोड २४ लाख ३६ हजारमा निमार्ण भएको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको मानेखर्क प्रहरी चौकि र इलाका प्रहरी कार्यालय हेलम्बुको ३ करोड १७ लाख ६९ हजार सहयोगमा निमार्ण भएको २ चौकिको साढे दुई तले पक्कि भवनको प्रहरी नायव महानिरिक्षक तथा बागमती प्रदेशका प्रहरी प्रमुख बशन्त कुमार लामाले उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दै प्रमुख लामाले “जसरी भवन बनाउन एक भएर सफल भएको छ त्यसैगरी शान्ति सुरक्षा कायम गर्नको लागि पनि स्थनीयवासीको उत्तिकै दायित्व हुने बताए । उनले प्रहरी र यहाँका स्थानीय मिलेर अपराध घटाउन नसके यति राम्रो भवनको औचित्य नै नरहने भन्दै सानो या ठूलो जुनसुकै घटनाको पनि प्रहरीलाई सूचना दिन कसैले नहिच्किचाउन आग्रह गरे ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमद्धारा समाजमा हुने विभिन्न किसिमका अवाञ्छनिय क्रयाकलापहरुलाई रोक्नको निम्ति गाउँ टोल वस्तिहरुमा विभिन्न जनचेतना कार्यक्रमहरु गर्दै आएको प्रहरी प्रमुख लामाले प्रष्ट पारे। कार्यक्रममा इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक फल बहादुर तामाङले स्वागत तथा धन्यवाद मन्तब्य राखेका थिए।

कार्यक्रममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासि लामाले युगौ देखिको स्थानीयवासीको चाहना र ईच्छा पुरा भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरुमा शान्ति सुरक्षामा पालिकाले गर्नु पर्ने सहयोगहरु गर्न तयार रहेको बताए । त्यस्तै हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आफ्ना समस्याहरु प्रहरीलाई साथि नै सम्झेर निर्धक्क भएर राख्न समुदायलार्य आग्रह गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया