कोरोना बिमाको रकम ३ दिनभित्र भुक्तानी गर्न अर्थ मन्त्रालयको निर्देशन

काठमाडौं । कोरोना बिमाको रकम ३ दिनभित्र भुक्तानी गरी सो जानकारी अर्थ मन्त्रालयमा पठाउन निर्देशन पठाएको छ । अर्थमन्त्रालयले यस अघिको ७ दिनभित्रै भुक्तानी दिनू भन्ने आफ्नो निर्देशन कार्यान्वयन नभएपछि बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिलाई ३ दिनभित्रै कोरोना बिमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन निर्देशन दिएको हो ।
हाल कुन-कुन बिमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थ मन्त्रालयले समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के-के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन समेत भनेको छ ।

अर्थमन्त्रालयद्वारा प्रेसित पत्रमा भनिएको छ ‘कोरोना बिमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक समेत गर्नुहुन अनुरोध छ ।’

फेसबुकबाट तपाइको प्रतिक्रिया