शुक्रबार, चैत १६, २०८०

गलकोट समाज जापानको बधाई तथा शुभकामना कार्यक्रम

नागोया । हालै मात्र सम्पन्न गलकोट समाज, जापानको छैठौं अधिवेशनबाट चयन भएका पदाधिकारीहरुकोलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको छ।

जापानको नागोया शहरमा नागोमामा उपलब्ध पदाधिकारीहरु लाई गलकोट समाज क्षेत्रिय समिति, नागोयाले कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा गलकोट समाज , जापानका अध्यक्ष यम खत्रीले सबैको सामुहिक प्रयासबाट मात्र समाजलाई अगाडी वढाउन सहज हुने बताउँदै सामाजिक काममा तछाड – मछाड गर्न नपर्ने बताए। आफुले सबै संग हातेमालो गर्दै सामाजिक कार्यमा गलकोट समाज , जापानलाई अग्रस्थानमा पुर्याउने उनको धारणा छ। कार्यक्रम गलकोट क्षेत्रिय समाज, नागोयाका अध्यक्ष रामवहादुर थापा को अध्यक्षता सम्पन्न भएको थियो ।

औपचारिक कार्यक्रम नागोया क्षेत्रिय समितिका सविव राम खत्रीले सञ्चालन गरेका थिए भने कार्यक्रममा आगन्तुकहरुलाई क्षेत्रिय उपाध्यक्ष किसानलाल उप्रेतिले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा गलकोट समाजका सल्लाहकार नरवहादुर थापा, धनवहादुर खत्री , गलकोट समाज , जापानमा कृयाशिल एवं नागोयाका व्यवशायीहरु रमेश गौतम, युवराज गौतम लगायतले नव गठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।