शुक्रबार, बैशाख ०७, २०८१

कोरोना संक्रमणबाट पर्सामा ६० वर्षीय पुरुषको मृत्यु

पर्सा । पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा शुक्रबार साँझ वीरगंज महानगरपालिका वडा नं. १२ का ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

साउन २१ गते संक्रमण पुष्टी भएका ती पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई साउन २४ गते अस्थायी कोभिड उपचार केन्द्र गण्डकमा भर्ना गरिएको थियो । कोभिड उपचार केन्द्र गण्डकका संयोजक डा. उदयनारायण सिंहका अनुसार मृतक उच्च रक्तचाप, मधुमेह र पारालाइसिस रोगबाट ग्रसित रहेका थिए । योसँगै पर्सामा मृत्यु हुनेको संख्या २ जना भारतीय सहित २६ पुगेको छ । साउन महिनामा मात्र पर्सामा २२ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ ।