सिन्धुपाल्चोकको लिदिमा भीषण पहिरो,५ परिवार सम्पर्कबिहीन, १३ घर पुरिए

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुुगल गाउँपालिका वडा नम्बर दुई लिदिमा भीषण पहिरो गएको छ ।

शुक्रबार बिहान ६ बजे माथिबाट आएको पहिरोले लामा गाउँका १३ घरमा पुरै क्षति भएको । १५ जना घाइते आफैं निस्किएका छन् ।

उद्धार गर्न जान सक्ने अबस्था नरहेको, पुरिएका ५ घरका सबै सम्पर्कबिहीन रहेका र कति जना पुरिए भन्ने अझै खुल्न बाँकि रहेको स्थानीयले जानकारी दिएका सभामुख अग्नी प्रसाद सापकोटाका संचार विज्ञ श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।

फोटोः श्रीधर न्यौपाने

फेसबुकबाट तपाइको प्रतिक्रिया