मास्क नलगाई हिंड्ने ४ लाख १९ हजार ५ सय ३८ जना नियन्त्रणमा

काठमाडौं । गृह मन्त्रालयले अनुमति बिना काठमाडौं प्रवेश गर्न खोज्ने १९ हजारभन्दा बढीलाई फर्काएको जनाएको छ । गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरी बिहीबारसम्म ७ हजार ६ सय ३५ गाडी र १९ हजार ४ सय ८३ जनालाई नाकाबाट फर्काइएको जानकारी दिएको हो ।

त्यस्तै मास्क नलगाई हिँड्ने ४ लाख १९ हजार ५ सय ३८ जनालाई नियन्त्रणमा लिइएको र ती मध्ये ३ लाख ५४ हजार ८ सय २४ जनालाई सम्झाइएको छ भने ३९ हजार ५ सय ७ जनालाई मास्क दिएर पठाइएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया