बुटवलको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु

बुटवल । बुटवलको कोरोना बिशेष आईसोलेसन अस्पतालमा उपचार गराईरहेका दुई जनाको मृत्युु भएको छ । मृत्यु हुनेमा ४२ र २५ बर्षका पुरुष छन् । उनीहरु दुबै कपिलवस्तुका बासिन्दा हुन् ।

साउन २५ गतेदेखि उपचार गराईरहेका ४२ बर्षीय पुरुष र २७ गते भर्ना भएर उपचार गराइरहेका २५ बर्षीय पुरुषको निधन भएको कोरोना बिशेष अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले पुष्टि गरेका छन् ।

दुबै जनाको भर्ना भएदेखि नै भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । मृतकमध्ये ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपनि २५ वर्षीय पुरुषको भने रिपोर्ट आइनसकेको डा. थापाले बताएका छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: