शनिबार, बैशाख ०८, २०८१

विश्वमा १ करोड ३४ लाख भन्दाबढी संक्रमित उपचारपछि निको भएर घर फिर्ता

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ लाख ४५ हजार नाघेको छ ।

विश्वका २ सय १६ देशमा फैलिएको कोरोनाका कारण विश्वभर २ करोड ५ लाख २२ हजार १ सय ९१ जना संक्रमित भएका छन् भने ७ लाख ४५ हजार ९ सय २७ जनाको मृत्यु भएको छ।

यस्तै, १ करोड ३४ लाख ४१ हजार ९ सय १३ उपचारपछि निको भएर घर फर्किएका छन् ।

संक्रमितमध्ये ६३ लाख ३४ हजार ३ सय ५१ जना विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ६४ हजार ६ सय बढीको अवस्था गम्भिर रहेको वल्डोमिटरमा उल्लेख छ ।

चीनको वुहानबाट गत डिसेम्बर अत्यबाट सुरु भएको कोरोनाको संक्रमणका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ५३ लाख ५ हजार ९ सय ५७ पुगेको छ । कोरोना संक्रमणका कारण १ लाख ६७ हजार ७ सयबढीको मृत्यु भएका छन् भने २७ लाख ५५ हजार ३ सय भन्दा बढी निको भएका छन् ।

यस्तै, ब्राजिलमा ३१ लाख १२ हजार ३ सय भन्दाबढी संक्रमित भएका छन् भने १ लाख ३ हजार बढीको मृत्यु भएको छ । संक्रमितमध्ये २२ लाख ४३ हजार १ सय भन्दाबढी निको भएका छन् ।

यसैगरी छिमेकी मुलुक भारतमा २३ लाख २८ हजार ४ सय भन्दाबढी संक्रमित भएका छन् । संक्रमितमध्ये ४६ हजार १ सयबढीको मृत्यु भईसकेको छ भने १६ लाख ३८ हजार १ सय भन्दाबढी निको भएका छन् ।