शुक्रबार, बैशाख ०७, २०८१

टोकियोमा मंगलवार थप १८८ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज थप १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार अगस्ट ११ तारिख ३ वजेसम्म टोकियोमा १८८ जनामा कोरोना संक्रमण भएको एनएचकेले उल्लेख गरेको छ । टोकियोमा २ दिनयता २०० कम संख्या संक्रमित भएको छन । हिजो टोकियोमा १९७ जना संक्रमित भएका थिए । यो संगै टोकियोमा संक्रमित १६,२६१ पुगेको छ ।