शुक्रबार, चैत १६, २०८०

रुसले विश्वकै पहिलो कोभिड-१९ विरुद्धको भ्याक्सीन दर्ता गराउँदै

काठमाडौँ । रुसले विश्वकै पहिलो कोरोना भाइरस विरुद्धको भ्याक्सिन भोलि दर्ता गराउने भएको छ । भोलि अगष्ट १२ तारिखमा यो भ्याक्सिन दर्ता गर्नको लागि पूर्ण तयारी अवस्थामा छ ।
विशेषज्ञ तथा डाक्टरहरुले यो नै कोरोना विरुद्धको विश्वको पहिलो भ्याक्सीन हुने बताएका छन् । यो भ्याक्सीनको विकास रुसको गमलेया रिसर्च इन्स्टीट्यूटले गरेको छ । यो संस्था रुसको स्वास्थ्य मन्त्रालयउको अधिनमा छ । रुसका स्वास्थ्य मन्त्री मिखाईल मुराश्कोका अनुसार यदि अन्तिम चरणको ह्यूमन ट्रायल सफल भएको खण्डमा अक्टोबर सम्ममा देशमा कोरोनाको भ्याक्सीन दिन शुरु गरिनेछ ।
यो विश्वको पहिलो सफल भ्याक्सिन प्रमाणत हुने दावी गरिएको छ ।