बुधबार, बैशाख १२, २०८१

लेबनानका कानुनमन्त्री मारिया क्लाउडद्वारा राजीनामा

लेबनान । लेबनानका कानुनमन्त्री मारिया क्लाउड नाज्मले सोमबार पदबाट राजीनामा दिएकी छन् ।

उनले प्रधानमन्त्री हसन डिअबलाई राजीनामा पत्र बुझाएकी हुन् ।यसअघि सञ्चार मन्त्री मनल अब्देल समद र वातावरण मन्त्री डाsमियनोस कात्तारले पनि राजीनामा बुझाएका थिए।

बेरुतमा केही दिनअघि भएको विस्फोटन र त्यसपछि भएको विरोधका कारण उनीहरुले राजीनामा दिएका समाचारमा जनाइएको छ ।

अगस्ट ४ तारिखमा भएको विस्फोटनमा परी १ सय ५८ जनाको मृत्यु भएको छ भने छ हजारभन्दा बढी घाइते भएका छन् ।

त्यसैगरी लाखौ बराबरको भौतिक क्षति भएको र सहरको झण्डै आधा घरमा विस्फोटनको असर परेको छ ।

बेरुतमा भएको विस्फोटनका कारण अझै पनि केही मानिस बेपत्ता अवस्थामै छन् भने लाखौँ विस्थापित भएका छन् ।

शक्तिशाली विस्फोटनका कारण असुरक्षित महसुस गरेर, घरबार विहिन भएर उनीहरु विस्थापित हुन परेको अधिकारीहरुले जनाएका छन् ।

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा गत मङ्गलबार अबेर विनाशकारी र शक्तिशाली विस्फोट भएको थियो ।

यस गोदाममा सन् २०१४ मा एक कार्गो जहाजबाट बरामद गरिएको ‘एमोनियम नाइटे«ट’ भण्डारण गरिएको थियो ।