खानेपानी संस्थान रुपन्देहीका प्रमुख अख्तियारको नियन्त्रणमा

काठमाडौं । नेपाल खानेपानी संस्थान रूपन्देहीका कार्यालय प्रमुख सन्तोष साह श्रोत नखुलेको रकमसहित धादिङबाट पक्राउ परेका छन् ।

खानेपानी शाखा कार्यालयहरुका विभिन्न व्यक्तिहरुसंग घुस रकम उठाई काठमाडौंतर्फ आउँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिई गएको टोलीले साहलाई धादिङको धुनिवेसीबाट नियन्त्रणमा लिएको हो ।

उनको साथबाट अख्तियारले श्रोत नखुलेको नगद दुई लाख ३३ हजार पाँच सय र बैंकमा जम्मा गरेको बैंक भौचर आठ लाख २२ हजार बराबरको रकम बरामद गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: