शुक्रबार, बैशाख ०७, २०८१

बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैनः भारतीय विदेश मन्त्रालय

काठमाडौं । भारतीय विदेश मन्त्रालयले विदेशीमन्त्री एस जयशंकरको अभिव्यक्तिको खण्डन गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको बताएको छ ।

आइतबार विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति जारी गरी गरी बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका नभएको प्रष्टीकरण दिएका हुन् ।

शनिबार भारतीय विदेश मन्त्री एस जयशंकरले बुद्धलाई ’महान् भारतीय’ भनेका थिए । त्यसको नेपालमा चर्को विरोध भएको छ । त्यसैगरी आइबार नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको थियो ।