शनिबार, बैशाख ०८, २०८१

विश्व आदिवासी दिवस विशेष: निरन्तर जनजाति आन्दोलन

पेम्बा शेर्पा-टाशी देले,जनजाति अभिवादन ।
यदी तिमी उडन सक्दैनौ भने दौड ।
यदी दौडन सक्दैनौ भने हिड ।।
र यदि हिडन पनी सक्दैनौ भने घस्र ।
जसरी भएनी अगाडी बढन् भने नछोड ।।
माथी उल्लेखित भनाई अश्वेत आन्दोलनका नेता अफ्रिकी मुलका अमेरिकी सर मार्टिन लुथरको हो ।आजकाल उक्त भनाईसंग तारतम्य मिल्ने गरी नेपाली आदिवासी जनजाति आन्दोलन अगाडी बढिरहेको महसुस भईरहेको छ । जुन उचाईमा यस आन्दोलनले उडान भर्नुपर्ने त्यो नसकेपनि , जुन रफ्तारमा यस अभियानले गति लिनुपर्ने त्यो नसकेपनि र जुन गतिमा यसका कार्यक्रमले अघि बढनुपर्ने त्यो नसकेपनि यो एकखालको सांकेतिक रूपमा घस्रेरै भएपनि निरन्तर अघि बढी नै रहेको छ । यसरी घस्रन पर्ने दुरावस्था चाही आन्तरिक बाह्य दुवै कारणले आएको हो । त्यसमध्ये एकचाही विगतमा हामीले विश्वास गरेका हाम्रै नेताहरू नै हुन । तिनीहरू जनजाति र गैरजनजाति दुवै थिए । खैर त्यतातर्फको गलफत्याई अरू नै दिन गरौला ।
त्यत्रो व्यवस्था परिवर्तनका बावजुद पनि नेपालमा परिवर्तन हुन नसकेको एकल जातिय नश्लवादी प्रवृत्तिको राज्य व्यवस्थाका कारण हामी आदिवासी जनजातिहरूले विगतमा र वर्तमान समयमा पनि दिनानुदिन आफ्नो अधिकार गुमाउदै गएको त हामी सबैलाई विदितै छ ।
ईतिहासमा विभेदमा परेका कारण वर्तमानमा समेत त्यसको पिडा खेपिरहेको हामीहरूलाई राज्यले सम्मानजनक रूपमा न्याय दिलाउनु पर्ने हो ।
लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात विगतमा हामीमाथि भएको विभेद , दमन र भेदभाव पुर्ण नीतिको पुर्ण अन्त्य भई क्षतिपुर्ति स्वरूप राज्यको सबै निकायमा समावेशी नीति अपनाईने आशा गरेका थियौ ।
तर त्यो आशा निराशामा परिणत भई त्यसको ठीक विपरित बिदा कटौती र आरक्षणमा षडयन्त्र , संस्कृति नाशक गुठी विधेयक , हाम्रा भाषा , धर्म अनी संस्कृति मास्ने नियमकानुन र उल्टै लौरो पुच्छर जस्तो संस्कृत भाषा पढाउने जस्ता सरकारी तवर बाट भएका विभेदपुर्ण नीति र अन्यायहरूले हाम्रो घाँउमा मलम लगाउनुको साटो झन नुन खोर्सानी छर्ने काम गरेको छ ।
नियोजित रूपमा श्रृंखलाबद्द तरिकाले राज्य हामीमाथी क्रुर बन्दै गएको छ । र यसबाट आक्रोसित हामीहरू संग आन्दोलन र संघर्षको विकल्प छैन । र नेपाल आदिवासी जनजाति महासंघ नेपाल औपचारिक घोषणा गरी आन्दोलनमा होमिईसकेको छ । र आन्दोलनका क्रममा नेपालमा हामीलाई दबाउन नश्लवादी सरकारले भरमग्दुर प्रयास गरिरहेको छ । यद्दपि हाम्रा सहकर्मीहरू नेपालमा जिऊ ज्यानको पर्वाह नगरी लडिरहनु भएको अवस्था छ । र यस क्रममा स्वंय अध्यक्ष र कतिपय साथीहरू सख्त घाईते समेत हुनुभएको त हामीले फेसबुक मार्फत देखिसकेका छौ ।
समानता र न्याय अनि आन्तरिक राष्ट्रिय एकताको नीम्ति भईरहेको हाम्रो यस आन्दोलनलाई संकीर्ण सोच भएका नश्लवादी पक्षधरहरूले “ सत्ताको हेजीमोनी “ मार्फत सबैखाले संयन्त्र , ठुला मिडिया र सामाजिक सन्जाल प्रयोग मार्फत जातिवादीको आरोप लगाएर अपवाह फैलाईरहेका छन । र हामीमाथी हामीले नै कर तिरेर सन्चालन हुने राज्यशक्तिको दुरूपयोग गरी बर्बर अन्याय र विभेद गरिरहेको छ । त्यसैले हामीले सर्वप्रथम नश्लवादीहरूको यस हेजीमोनीको अन्त्य गर्नुपर्दछ । त्यसको निम्ती हामीमाथी प्रत्यक्ष दमन गर्ने प्रशासनहरू मात्र नभई अप्रत्यक्ष रूपमा डरलाग्दो तवरले सक्रिय तिनका पत्रकार , बुद्दिजिवी संगठन , शैक्षिक संस्था , विविध एनजिओ आईएनजिओ र अन्य समाजसेवाको खोल ओढेका ढोंगी संघसंस्थाहरूको भण्डाफोर सहित बहिष्कारको अभियान पनी थाल्नुपर्दछ ।
नश्लवादी केन्द्रिकृत राज्यले जतिसुकै दमन गरे पनी हाम्रो आवाज कहिल्यै तुहिनेछैन । हाम्रा संघर्ष निरन्तर जारि रहनेछ । र हाम्रो आन्दोलन आर या पारमा गएर मात्र टुंगाईनेछ । त्यसनिम्ती नेपालमा हुनेहरू अनवरत रूपमा संघर्षरत छन र उनीहरूलाई बल पुराउन हामी प्रवासमा हुनेहरू ले चाही आर्थिक र नैतिक समर्थन गर्दै आफ्नो दायित्व र जिम्मेवारी पुरा गर्नुपर्दछ । ढुलमुले भएर यसबाट हामी पन्छिन मिल्दैन । एकपल्ट आएको यो चेतना त्यसै मर्न दिन हुदैन । जतिसुकै , जस्तोसुकै अडचन र जटिलता आएपनि हामी हार्नुहुदैन । गन्तब्यमा पुगेर लक्ष्य हासिल गरेर मात्र बिट मार्नुपर्दछ ।
अन्तमा , म आबद्द नेफिन जापानले कोभिड- १९ महामारीबाट बच्न र बचाउन भौतिक दुरीको नियमलाई पालना गर्दै सदाझै तामझाम बिना भर्चुअल रूपमा “जुम प्रविधि “ “मार्फत २६ औ विश्व आदिवासी दिवस “ ljZjel/सम्पन्न गर्न गईरहेको छ ।

@लेखक शेर्पा नेफिन जापानका उपाध्यक्ष हुन ।