बिहिबार, बैशाख १३, २०८१

कोरोनाबाट विश्वभर दुई करोड संक्रमण,भारतमा एकैदिन ६५ हजारबढी संक्रमित

अमेरिका : महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वका झण्डै दुई करोड मानिस संक्रमित भएका छन्।

पछिल्लो २४ घण्टामा २ लाख ५३ हजार भन्दाबढी संक्रमित थपिएसंगै संक्रमितको संख्या १ करोड ९८ लाख २ हजार ३ सय ८६ पुगेको छ । संक्रमितमध्ये १ करोड २७ लाख २० हजार १ सय ८७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, कोरोना संक्रमणबाट ७ लाख २९ हजार ५ सय ६४ जनाको मृत्यु भएको वल्डोमिटरमा उल्लेख छ।

संक्रमितमध्ये ६३ लाख ५२ हजार ६ सयभन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ६५ हजार १ सयबढीको अवस्था गम्भिर रहेको छ । यस्तै, कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा एकै दिन थप ५२ हजार ८ सय ४८ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ५१ लाख ४९ हजार ७ सय २३ पुगेको छ । संक्रमितमध्ये २६ लाख ३८ हजार ४ सय बढी निको भएका छन् भने १ लाख ६५ हजार भन्दा धेरैको ज्यान गएको छ । उपचार गराइरहेका २३ लाख ४८ हजार १९१ जनामध्ये १८ हजार ३३ जनाको अवस्था गम्भीर रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ४६ हजार ३ सय भन्दाबढीमा संक्रमण पुष्टि भएपछि ब्राजिलमा संक्रमितको संख्या ३० लाख १३ हजार ३ सय ६९ पुगेको छ । संक्रमितमध्ये २० लाख ९४ हजार २ सय भन्दा बढी निको भएका छन् । यस्तै, एकै दिन ८ सय ४१ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ५ सय ४३ पुगेको छ ।
यस्तै छिमेकी मुलुक भारतामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ६५ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । भारतमा हाल २१ लाख ५२ हजार भन्दाबढी संक्रमित भएका छन् भने ४३ हजार ४ सय बढीको मृत्यु भएको छ । संक्रमितमध्ये अहिलेसम्म १४ लाख ७९ हजार ८ सयबढी संक्रमणमुक्त भएका छन् भने ६ लाख २८ हजार ६ सय ७३ जनाको उपचार भइरहेको छ ।