आज विश्व आदिवासी दिवस,रचनात्मक एवं सुरक्षित तवरले मनाइदै

काठमाडौं । आज २६ औँ विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैछ ।

विश्वभर रहेका आदिवासी जनजातिले विशेष उत्सवका रूपमा यो दिवस मनाउने चलन छ । संयुक्त राष्ट्रसंघको आह्वानमा रहेक वर्ष अगस्ट ९ का दिन यो दिवस मनाउने गरिएको छ।

संयुक्त राष्ट्र संघको आदिवासी जनजाति मामिला हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन (सन् १९८२ को अगस्ट ९) को दिनलाई नै आधार मानेर विश्व आदिवासी दिवसको रुपमा मनाउन थालिएको हो । सन् १९९४ को डिसेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभाले निर्णय गरेअनुसार सन् १९९५ देखि यो दिवस मनाउने गरिएको छ ।

महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का त्रासका बीच आज विश्वभरका आदिवासी जनजातिले ‘२६ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस’ मनाउँदै छन् । महामारीले सिर्जना गरेको परिस्थितिलाई ध्यानमा राखी यस पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनुपर्ने नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ ।

आदिवासी जनजातिका हक, अधिकार लगायत कला, भाषा, भेषभूषा, संस्कार संस्कृतिको संवद्र्धनको आवाज बुलन्द गर्दै अगस्ट ९ का दिनलाई विश्वका आदिवासी जनजातिले पर्वकै रूपमा यो दिवस मनाउँदै आएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: