नेपालमा थप ३७८ जनामा कोरोना पुष्टि,मृत्यु हुनेको संख्या ७३ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंखया मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउएका हुन् । शनिबार काठमाडौं, भक्तपुर र ललितपुरमा गरी थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या २२ हजार ५ सय ९२ पुगेको छ ।
त्यस्तै शनिबार देशका विभिन्न अस्पतालबाट ४ सय ९९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन । योसँगै डिस्चार्ज हुनेको संख्या १६ हजार ३ सय १३ पुगेको प्रवक्ता गौतमले बताए ।
त्यस्तै शनिबार कोरोनाका कारण काठमाडौं, पर्सा र मोरङमा गरी ३ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । शनिबार पीसीआर विधिबाट ७ हजार ७ सय ८८ गरी आजसम्म ४ लाख ३५ हजार २ सय ८९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ ।

देशभरीका क्वारेन्टिनमा १० हजार ७ सय ९२ जना रहेका छन । आज देशभरी ६ हजार २ सय ६ जना सक्रिय संक्रमित रहेका छन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: