शनिबार, बैशाख ०८, २०८१

रुपन्देहीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

बुटवल । शुक्रबार राति नवलपरासीबाट भैरहवातर्फ गइरहेको कार रुपन्देहीको रोहीणी गाउँपालिकामा अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।

लु २ च ६७५६ नम्बरको कार अनियन्त्रित भई पल्टदा तीन जनाको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यलय बुटवलले जनाएको छ । सडकबाट १० मिटर तल पल्टिँदा कारमा सवार ४ जना घाईतेहरुलाई उपचारको लागि भीम अस्पताल भैरहवा पठाएकोमा उपचारका क्रममा तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुने तीनमध्ये एक जनाको मात्र पहिचान खुलेको छ । दुर्घटनामा परि सिद्धार्थनगर बालापुरका देवेन्द्र चौधरीको मात्र पहिचान खुलेको छ । उनी कार चालक हुन् । अन्य २ जनाको परिचय खुल्न बाँकी छ । घाईते रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का ३० बर्षीय अनिल यादव रहेका छन् ।