नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण,संक्रमित २२,२१४ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंखया मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

काठमाडौं उपत्यकामा शुक्रबार थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । त्यस्तै शुक्रबार थप ४ सय २५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १५ हजार ८ सय १४ पुगेको उनले बताए ।

त्यस्तै शुक्रबार कोरोनाका कारण ५ जनाको मृत्यु भएसंगै कुल मृत्यु हुनेको संख्या ७० पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ९ सय २६ जनाको नमुना परीक्षण गरिएको छ ।

त्यस्तै क्वारेन्टाइनमा १० हजार २ सय ७ जना छन् । आइसोलेसनमा ६ हजार ३ सय ३० जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: