तत्काल देशव्यापी रुपमा लकडाउन हुँदैनः मन्त्री खतिवडा

काठमाडौं । सरकारले तत्काल देशव्यापी रुपमा लकडाउन नगर्ने स्पष्ट पारेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सरकारले अहिलेको अवस्थालाई हेरेर देशव्यापी रुपमा लकडाउन नगर्ने बताएका हुन् ।

उनले जोखिम भएको स्थानमा स्थानीय प्रशासनले निषेधाज्ञा वा अन्य कुनै कदम चाल्न सक्ने बताए । मन्त्री खतिवडाले जोखिम हुने ठाउँमा सेवा रोक्दै जानुपर्ने अवस्था आउन सक्ने तर देशव्यापी रुपमा लकडाउन नहुने प्रष्ट पारे ।

मन्त्री खतिवडाले सरकारले परिस्थितिअनुसार लकडाउन हटाउने र आंशिक विधि अपनाएर केही खुकुलो पार्ने वा जोखिम बढेको स्थानमा कडाइ गर्न सक्ने बताए । मन्त्री खतिवडाले सरकारले आईसीयूहरुको थप विस्तार गर्ने तयारी गरिरहेको बताए । उनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै प्रकारका उपचारका विधिहरु अपनाउने जानकारी दिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: