शुक्रबार, बैशाख ०७, २०८१

नेपाल फर्कनेको लागि अगस्ट १४ तारिख नारिताबाट चार्टर्ड विमान

टोकियो । कोरोना भाइरसको महामारीसंगै नेपालमा लकडाउनको कारण स्वदेश फर्कन नपाई जापानमा रहेका नेपालीको उद्धारको लागि आउँदो अगस्ट १४ तारिख चार्टर्ड विमान आउने भएको छ ।
विहिबार नेपाली राजदुतावास टोकियो जापानले एक सूचना जारी गरि यस अघि अगस्ट १० तारिख भनिएमको चार्टर्ड यात्रुले टिकट काट्ने र परिक्षण गर्न समय अभाव हुने भएको नेपाल जानै पर्ने अवस्थामा जापानमा रहेका नेपालीलाई अगस्ट १४ मा तयारीका लागि अनुरोध गरेको छ ।
विदेशमा रहेका नेपाली नागरिकहरुलाई नेपाल लैजाने योजना बमोजिम अगस्ट १४, २०२० का दिन नेपाल वायुसेवा निगमको चार्टर्ड उडानबाट नेपाल लैजाने तालिका प्राप्त भएको व्यहोरा जानकारीका लागि अनुरोध गरेको छ । नेपाल जानका लागि फाराम भरी यस अघि नाम प्रकाशित भई विविध कारणले जान नसक्नुभएका र प्रकाशित सूचीमा नाम भएका नेपाल जान इच्छुक व्यक्तिहरुले तयारी हुन दुतावासले अनुरोधसमेत गरेको छ ।
https://www.facebook.com/213951378952957/posts/1249687292046022/?d=n