मदन पुरस्कारका लागि मनोनयनमा परेका सात पुस्तकको नाम सार्वजनिक

काठमाडौं । मदन पुरस्कार गुठीले मदन पुरस्कारका लागि मनोनयनमा परेका सात पुस्तकको नाम सार्वजनिक गरेको छ ।

गुठीलाई प्राप्त भएका १५१ पुस्तकबाट उत्कृष्ट सात कृति छानिएको बुधबार विज्ञप्तिमार्फत जानकारी दिइएको हो ।

मनोनयन सूचीमा पर्न सफल कृतिहरुमा विमल निभाको ’जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ’धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ’परित्यक्ता’, शारदा शर्माको ’ललित बिष्ट यात्रामा’ र योगी धर्ममहारसको महारसनिघण्टु (१–३) र चन्द्रप्रकाश बानियाँको महारानी छन् । यी सात कृतिमध्ये एकलाई २०७६ सालको मदन पुरस्कार प्रदान गरिनेछ । मदन पुरस्कारको राशी दुई लाख रुपैयाँ छ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: