शनिबार, बैशाख ०८, २०८१

ग्लोबल फोरम जापानको अध्यक्षमा धनबहादुर बि.क चयन

जापान । उत्पिडितमा परेका र दलित तथा महिलाहरुलाई सशक्तीकरण गर्ने उद्देश्यले स्थापना भएको संस्था जाती भेद विरुद्ध बिश्व मञ्च ग्लोबल फोरम जापनमा पनि बिस्तार भएको छ । जापानको अध्यक्षमा धनबहादुर विक चयन भएका छन । त्यस्तै, उपाध्यक्षमा ज्ञान बाहादुर शास्त्री, सचीवमा भक्त बाहादुर बिक,सहसचिवमा शिशिर सुर्खेती चयन भएका छ्न, भने कोषाध्यक्षमा दिपक सुनार चयन भएका छ्न। त्यस्तै, सदस्यहरु मा नारायण सुनार, सुन्जु बिक, मिठे बिक, सुजिता बिक र रबिन परियार चयन भएका छ्न । गणेश रिजाल, हिरा बराइली,मुना सुनार, राजु नेपाली र निलम बिक सल्लाहकारमा चयन भएका छ्न।

जाती भेद विरुद्ध बिश्व मञ्च ग्लोबल फोरमले बिश्व भरीनै आफ्नो आभियान सन्चालन गर्ने उदेश्य लिएको जाती भेद विरुद्ध बिश्व मञ्च ग्लोबल फोरम नेपाल समन्वय समितिका अध्यक्ष मोहन बिश्वकर्माले जानकारी दिए ।
त्यस्तै कोरोनाको कारण समस्यामा परेका वा कोरोना भाइरसका कारण प्रभावित परीवारहरु लाई राहत पनि बितरण गरिएको बिकले जानकारी दिए ।