पर्सामा थप ४५ जनामा कोरोना पुष्टि

वीरगंज । पर्सामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार राति आएको रिपोर्टमा थप ४५ जनामा कोरोना पोजेटिभ देखिएको हो । वीरगञ्जको नारायणी अस्पतालको बिशेष कोभिड अस्पताल गण्डकका इन्चार्ज डा.निरज कुमार सिंहका अनुसार संक्रमित अधिकांश वीरगंजकै छन् ।

वीरगंज महानगरपालिकाका मेयर विजयकुमार सरावगीकी श्रीमती र छोरीमा पनि संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा ५ देखि देखि ६२ बर्षसम्मका रहेका छन् । संक्रमित मध्ये १४ जना महिला र ३१ जना पुरुष रहेका रहेका छन् । वीरगंजमा संक्रमित बढ्दै गएपछि समुदायमा मास टेष्टिङ गरिएको छ ।

वीरगन्ज महानगरपालिकाले गरेको एकघर एक निशुल्क स्वाव संकलन अभियान अन्तर्गत संकलन गरिएको स्वाबमा अधिकां‌श संक्रमित फेला परेको अस्पतालले जनाएको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: