शुक्रबार, चैत १६, २०८०

भारतमा स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु

भारत । भारतको दक्षिणी राज्य आन्ध्रप्रदेशको एउटा गाउँमा रक्सी बेच्ने पसलहरू बन्द भएकाले अल्कोहोलमा आधारित स्यानिटाइजर सेवन गरेपछि कम्तीमा १० जनाको ज्यान गएको छ । कुरीचेडु नामक गाउँमा कोरोनाभाइरस सङ्क्रमण बढेका कारण लकडाउन गरिएको छ ।

जिल्लाका प्रहरी प्रमुख सिद्धार्थ कौशलले ती मानिसहरूले स्यानिटाइजरमा पानी तथा हल्का पेय पदार्थ मिसाएर पिएको बताए । उनका अनुसार ती मानिस पियक्कड थिए र तिनले मर्नुभन्दा १० दिन अगाडिदेखि त्यसरी स्यानिटाइजर पिउन थालेका थिए । स्यानिटाइजरको नमुना रासायनिक परीक्षणका निम्ति पठाइएको उनले बताएका छन् । लकडाउनका कारण रक्सी उपलब्ध छैन । तर स्यानिटाइजर भने सजिलै पाइन्छ ।