बुधबार, बैशाख १२, २०८१

गुल्मीमा पहिरो जाँदा ४ जनाको मृत्यु

गुल्मी । लगातारको बर्षासंगै गुल्मीको रुरुक्षेत्र गाँऊपालिकामा घरमाथिबाट ढुंगा खस्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको हो ।
यसैबीच परराष्टमन्त्री प्रदीप ज्ञवालीले घटनाप्रति दुख ब्यक्त गरेका छन् । उनले ट्वीट गर्दे उद्धारमा खट्न स्थानीय प्रशासन,जनप्रतिनिधिहरुमा आब्हान पनि गरेका छन् ।