शुक्रबार, बैशाख ०७, २०८१

पशुपति क्षेत्र विकास कोषले ल्याएको गुरु योजना खारेज गर्न स्थानीयको माग

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले ल्याएको एक सय वर्षे गुरुयोजनाको विरोध गर्दै पशुपति क्षेत्रका बासिन्दा आन्दोलित भएका छन् । पशुपति क्षेत्र आसपासका प्राचीन वस्ती विस्थापित गर्नेगरी गुरुयोजना ल्याइएको भन्दै स्थानीयबासी आन्दोलित भएका हुन् ।

पशुपति क्षेत्रमा हुने २२ वटा जात्रा र १ सय ८ वटा पर्व पूजाबाट प्रचीन बस्ती र धार्मिक महत्व बीचको सम्बन्ध प्रमाणित हुने भन्दै प्राचीन वस्ती नहटाउन स्थानीयले माग गरेका छन् ।

पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक कृष्णमान श्रेष्ठले गुरुयोजना विनाशकारी र अदुरदर्शी रहेकाले खारेज गर्न सरकारसँग माग गरेका छन् । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्र आसपासमा रहेका बस्तीहरु हटाउने गरी एकसय वर्षे रणनीतिक गुरुयोजना प्रस्ताव गरेको छ ।