मङ्गलबार, बैशाख ०४, २०८१

कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सीईओको मृत्यु

वीरगन्ज । कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृतको मृत्यु भएको छ ।

५६ वर्षीय भारतीय नागरिक उनको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारका क्रममा बिहीबार राति मृत्यु भएको हो ।

अस्पतालका इन्चार्ज डा.निरजकुमार सिंहका अनुसार उनी लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित थिए । उनको केही समयअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो । संक्रमण पुष्टि भएपछि गत साउन ७ गते उनी कोरोना अस्पताल भर्ना भएका थिए ।