कोरोना संक्रमणबाट थप ३ को मृत्यु,२७४ संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यो संगै, संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ३ सय ४ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा १३ हजार २ सय १ जना रहेका छन् । आइसोलेसनमा ५ हजार २ सय २७ जना सक्रिय संक्रमित छन् ।

बिहीबार २ सय २७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै, कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

प्रवक्ता गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु भएको बताए । मृत्यु हुनेमा मोरङको सुनवसी—८ का ४५ वर्षिय पुरुष रहेका छन । यस्तै पर्साको विरगञ्ज—७ का ७० वर्षिय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षिय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: