शुक्रबार, बैशाख ०७, २०८१

कैलालीका ६,५२९ घर डुबानमा,३ हजार बढि विस्थापित

कैलाली । कैलालीमा दुई दिनदेखिको लगातार वर्षाले ३ हजार भन्दाबढि घरधुरी डुबानमा परी विस्थापित भएका छन ।

विभिन्न स्थानहरुमा रहेको नदिहरुको सतह बढ्न गई तथा बर्षातको पानीले भजनी नगरपालीका, टिकापुर नगरपालीका, जोशिपुर गाउँपालीका, जानकि गाउँपालीका, बर्दगोरिया गाउँपालीकामा बढी प्रभावित भएका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानिय व्यक्तीहरुको सहयोगमा ३ हजार २७ जना विस्थापित भई सुरक्षित स्थानमा राखिएको र ६ हजार ५ सय २९ घरधुरि डुवानमा परेको हुँदा र अझै पानी परी रहेकोले सुरक्षित स्थानमा बस्न जिल्ला प्रहरी कार्यालय कैलालीले आग्रह गरेको छ ।

भजनीमा दुई हजार एक सय ८० परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। यस्तै, जोशीपुर गाउँपालिकामा दुई हजार तीन सय १५ परिवार डुबानमा परेका छन्। त्यस्तै, जानकी गाउँपालिकामा एक हजार र टीकापुर नगरपालिकामा ८ सय २५ परिवार डुबानमा परेका छन्। टीकापुरमा बाढीले ३० घर भत्किएका छन्।

यसैबीच जल तथा मौसम विज्ञान विभाग अत्तरियाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले सुदूरपश्चिमका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ ।