शुक्रबार, चैत १६, २०८०

‘इनफ इज इनफ’ का अभियन्ताहरु धर्नामा

काठमाडौं । सिंहदरबार प्रवेश गर्न खोज्दा ‘इनफ इज इनफ’ का अभियन्ताहरु पक्राउ गरेको विरोधमा प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लब अगाडी धर्ना दिएका छन् ।

सूचनाको हकको निवेदन दर्ता गर्न सिंहदरबार प्रवेश गर्न खोज्दा पाँच अभियान्ता जना पक्राउ परेका थिए । अभियानका सदस्यहरु पक्राउ परेपछि आक्रोशित बनेका अभियन्ताहरुले पुलिस क्लब अगाडी धर्ना दिएका हुन् । पक्राउ पर्नेमा पुकार बम, प्रमेश श्रेष्ठ, समुद्र केसीलगायत रहेका छन् । प्रहरीले पक्राउ गरेका अभियन्ताहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ ।

अभियन्ताहरुले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, भ्रष्टाचारको अन्त्य हुुनुपर्ने भन्दै देशैभरि विभिन्न स्थानमा अनसनलगायतका विरोधका कार्यक्रम गर्दै आएका छन् । असार २३ गते उनीहरुले उठाएका माग पुरा गर्ने प्रतिपद्धता सरकारले जनाएको थियो ।